शेखर सुमनको निशानामा कंगना!


बलिउडमा यतिबेला अभिनेत्री कंगना रनावतको चर्चा निकै छ। उनले एक कार्यक्रममा बलिउडका विभिन्न अभिनेतासँगको प्रेमसम्बन्धको बारेमा खुलेर कुरा गरेपछि उनको चर्चा चुलिएको हो।

उनको फिल्म ‘सिमरन’ पनि हालै रिलिज भएको छ। तर उनको फिल्मले सोचेजति राम्रो प्रतिक्रिया पाएको छैन।

यसैबीच कंगनालाई बलिउड अभिनेता शेखर सुमनले मजाक उँडाउँदै ट्वीट गरेका छन्। कंगनाको प्रेम सुमनको छोरा अध्ययन सुमनसँग पनि थियो तर  पछि उनीहरुको ब्रेकअप भएको थियो। कंगनाले उनको बारेमा पनि कार्यक्रममा बताउँदै आएकी छन्।

शेखरले कंगनाको नाम त लेखेनन् तर उनलाई नै केन्द्रित गरेर ट्वीटमा यस्तो हंगामा गरेर नतिजा चाँही शुन्य आएको लेखेका छन्।

उनले पहाड फोडेर मुसा भेटिएको भन्दै कंगनामाथि अप्रत्यक्ष रुपमा व्यंग्य गरेका छन्।  सुमनले कंगनामाथि पहिलापनि यस्तै प्रतिक्रिया दिने गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.