मोदीको अभियानमा अनुष्काको साथ!


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेत्री अनुष्का शर्मालाई सरकारको ‘स्वच्छता नै सेवा’ अभियानमा सहभागी हुन निमन्त्रणा दिएका छन्।

मोदीले अनुष्काको उपस्थितिले अन्य मानिसलाई पनि उक्त अभियानमा सहभागी हुन प्रेरणा मिल्ने बताए। अनुष्का ‘स्वस्च्छ भारत’ अभियानको हिस्सा हुन्।

अनुष्काले मोदीको ६७ औं जन्मदिनको अवसरमा बधाई दिँदै स्वस्छता नै सेवा अभियानमा सहभागी हुन दिएको निमन्त्रणाको लागि धन्यवाद दिइन्।

उनले भनिन्,‘जन्मदिको शुभकामन प्रधानमन्त्री मोदी जी, अनि निमन्त्रणाको लागि धन्यबाद सर।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.