कपिललाई ठूलो चुनौती, कृष्णाको शो मा सुनील आउने!


भारतका लोकप्रिय कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा’को शो केही समयको लागि बन्द भएपछि अब सोनी च्यानलको अर्को शो ‘द ड्रामा कम्पनी’ पनि बन्द हुने अवस्थामा पुगेको छ।

शो मा कृष्णा अभिषेक, अली असगर, सुगंधा मिश्रा, संकेत भोसले जस्ता कमेडियनले पनि दर्शकलाई रिझाउन नसकेपछि अब कपिलका पुराना साथी सुनील ग्रोवरलाई शो मा ल्याउने तयारी भएको छ।

शो मा कपिलका प्रतिद्वन्दी कृष्णा अभिषेक र सुनील ग्रोवर मुख्य आर्कषण हुनेछन्। कृष्णाले पनि च्यानललाई सुनीललाई शो मा ल्याउन कुनै गार्हो नभएको स्पस्ट पारेका छन्। उनले सुनील आफ्नो शो मा आए शो को ढाँचामा पनि सुधार आउने भए कुनै समस्या नभएको बताए।

कृष्णाले सुनील आफ्नो साथी भएकाले शो मा आएर सँगै काम गर्न पाँउदा निकै खुसी लाग्ने बताए। अब केही दिनपछि कपिलको शो पनि अन एयर हुने खबरकाबीच सुनील र कृष्णाले एकसाथ काम गरे कपिलको लागि ठुलो चुनौती हुन सक्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.