मेरी श्रीमती मलाई ‘अभागी’ मान्छिन्- इमरान हास्मी


बलिउड अभिनेता इमरान हास्मीले हालै एक अन्तर्वार्तामा आफ्नी श्रीमतीबारे सबैलाई चकित पार्ने खुलासा गरेका छन्।
इमरानले श्रीमती परवीनले आफूलाई ‘अभागी’ सम्झने बताएपछि उनको चर्चा बढेको भारतीय समाचारमाध्यमले जनाएका छन्।

‘सिरीयल किसर’ भनेर चिनिएका इमरानले आफ्नो वैवाहिक जीवनबारे बोल्दा सबै चकित खाएका थिए। तर, उनले आफ्ना कुरा अघि बढाउँदै परवीनले आफूलाई अभागी सम्झनुको कारण एक खेल भएको बताएका छन्।

उनका अनुसार परवीनलाई ‘पोकर गेम’ धेरै मनपर्छ र राम्रो खेल्छिन् पनि। इमरानलाई भने आउँदैन र, सधैं हार्छन्।
उनले भनेका छन्, ‘जब परवीन आफ्ना साथीसँग पोकर खेल्न बस्छिन्, उनी मलाई छेउछाउ नै आउन दिन्नन। तिमी अनलक्की छौ भन्छिन्।’

केही समय हराएका इमरान फिल्म ‘बादशाहो’ को सफलतापछि फेरि चर्चा बटुलिरहेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.