अनुष्का र विराटबीचको प्रेममा आलियाको ‘इन्ट्री’!


भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माबीचको प्रेम सबैलाई थाहा छ। उनीहरु लामो समयदेखि एक अर्कालाई डेट गरिरहेका छन्।

भारतीय सञ्चारमाध्यममा आएको खबर अनुसार उनीहरु छिट्टै विवाह गरेर घरजम गर्न पनि तयार छन्।

तर हिजोआज विराट अभिनेत्री आलिया भट्टको निकै फ्यान भएका छन्। खासमा उनीहरुले गतवर्ष ग्रेटर नोयडामा भएको अटो एक्पोमा साथसाथ नाचेका थिए। त्यसपछि उनीहरुको मित्रता सुरु भएको थियो। यी दुई जहिले जहाँ पनि भेट्न सक्छन् र भेट्दा पनि निकै प्रेम दर्शाउँछन्।

आलियाको प्रशंसा गर्न विराट पनि सर्धै अगाडी नै हुन्छन्। विराटले त अनुष्काको अगाडी नै आलियाको खुलेर प्रशंसा गरेका थिए।

उनीहरुको मित्रतामा भने अनुष्कालाई जलन हुन थालेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। आलियाको हालै सिद्दार्थसँग ब्रेकअप भएको र विराटसँगको मित्रता झन् प्रगाढ हुँदा अनुष्काको टेन्सन बढेको बताइएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.