संजय दत्तले १२ वर्षपछि दिए बुवालाई पिण्डदान!


बलिउड अभिनेता संजय दत्तले १२ वर्षपछि आफ्नो पिताको पिण्डदान दिएका छन्। सोर्ह श्राद्को समय पारेर उनी बनारसमा पुगेर आफ्नो पितासँगै सबै पुर्वजहरुको पिण्डदान गरेका हुन्।

संजयले यो आफ्नो पिताको इच्छा भएको बताए। उनको पिता तथा बलिउड अभिनेता सुनिल दत्तको निधन सन् २००५ मा भएको थियो।

उनले विधिवत रुपमा पिण्डदान गरेपछि गंगामा आरती गरेर आफ्नो फिल्म ‘भूमी’को लागि पनि आर्शिवाद लिएका छन्।

भारतको गंगा तटमा गरिएको श्राद्को ठुलो महत्व छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.