यी हुन् विश्वकै अग्लो खुट्टा भएकी मोडल(हेर्नुस् तस्वीर)


रुसकी एक मोडलले विश्वको लामो खुट्टाको नामले गिनिज बुक अफ वल्डको रेर्कडमा आफ्नो नाम दर्ता गराएकी छन्। उनको खुट्टा १३२ सेन्टीमीटर लामो छ। २९ वर्षकी एकातेरिना लिसिनाले सबैभन्दा अग्ली व्यवसायिक मोडलको रेकर्ड पनि राखेकी छन्। उनी ८ दशमलब ७७ फिट अग्ली छन्। उनको देव्रे खुट्टाको लम्बाई १३२ दशमलब ८ सेमी र दाहिने खुट्टाको लम्बाई १३२ दशमलब २ सेमी छ।

उनले बताएअनुसार लामो खुट्टाको कारण उनलाई साथीहरुले गिज्याउने गर्थे। अब उनी आत्मविश्वास कम भएकी युवतीहरुको प्रेरणाको स्रोत बन्न चाहन्छिन्।

उनले आफ्नो साइजको कपडा, जुत्ता खोज्नै निकै मिहेनत गर्नुपर्ने, कार र विमानमा बस्न निकै समस्या झेल्नुपर्ने अनुभव सुनाएकी छन्। तर विश्वकै लामो खुट्टा भएको कारण केही लाभ पनि भएको बताइन्।

उनले बास्केटबल खेलमा आफुलाई उत्कृष्ट प्रमाणित गरेकी छन्। सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा रुसको लागि कास्यपदक जितेकी छन्।

उनी पछिल्लो १ वर्षयता व्यवसायिक मोडलको रुपमा काम गर्दै आएकी छिन्। विश्वको अग्लो खुट्टाको रेकर्ड उनीअघि रुसकी स्वेतलाना पैंकरातोवाले राखेकी थिइन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.