कंगनाको बहिनी रंगोलीले यसरी आरोप लगाइन् आदित्यकी श्रीमती जरीनामाथि!


पछिल्लो केही दिनयता बलिउड अभिनेत्री कंगना रनावत आफ्नो एक अन्तर्वार्ताको कारण निकै चर्चामा छिन्। उनले अन्तर्वार्तामा आदित्य पंचोली, ऋतिक रोशनसँगको सम्बन्धको बारेमा खुलेर कुरा गरेकी थिइन्। कंगनाको बयानमा अझैसम्म ऋतिक र उनको परिवारले केही बोलेका छैनन् तर आदित्य पंचोलीको परिवारले कंगनाको आरोप झुठो भएको बताएका छन्।

कंगनाले आफ्नो अन्तर्वार्तामा आदित्य पंचोलीले आफुमाथि शारीरिक यातना दिएको बताएकी थिइन्। उनले यो घटनाको उजुरी दिन प्रहरीकोमा गएको पनि बताइन्।

यसै विषयमा आदित्यकी श्रीमती जरीना वहाबले कंगनाको सबै आरोप झुठो भएको दावी गरेकी छिन् र कंगना उनीकोमा मद्दत माग्न आएको पनि झुठो भएको बताइन्। जरीनाले कंगना र आदित्य साढे ४ वर्ष सम्बन्धमा रहेको बताएकी छन्।

जरीनाले भनेको कुरामा अब कंगनाको बहिनी रंगोलीले प्रतिक्रिया दिँदै दिदिको बचाउमा उत्रिएकी छन्।

उनले ट्वीटरमार्फत जरीनालाई कंगनाले आदित्यलाई सन् २००५ मा भेटेको र सन् २००७ मा प्रहरी स्टेसनमा उजुरी दिन गएको भए कसरी साढे चार वर्ष भयो भनी प्रश्न गरेकी छन्। अझ उनले जरीनामाथि अनेक आरोप लगाउँदै आदित्यको बारेमा प्रहरीमा उजुरी नदिन प्रलोभनमा पारेको पनि बताइन्।

कंगनाको बहिनी रंगोली हिजोआज कंगनाको बिरोधमा बोल्ने सबैलाई जवाफ फर्काउँदै बसेकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.