कंगनाको कारण फिल्म नै छाडे ऋतिकले!


बलिउड अभिनेता ऋतिक रोशन अहिले अभिनेत्री कंगनाको कारण निकै चर्चामा छन्। कंगनाले ऋतिकसँगको सम्बन्धको बारेमा खुलासा गरेपछि ऋतिककै चर्चा हुन थालेको छ। कंगना र ऋतिक बीचको विवादले ऋतिकको करिअरमा पनि प्रभाव पर्न थालेको छ।

ऋतिकले हालै कंगनाको कारण एउटा फिल्म छाडेका छन्। खासमा ऋतिक रोशन बिहारमा बस्ने गणितविज्ञ आनन्द कुमारको बायोपिक सुपर ३० मा आउने हल्ला चलेको थियो। उनीहरुबीच फिल्मबारे सबै कुरा पनि भईसकेको थियो। ऋतिक पनि फिल्म खेल्ने पक्षमा थिए। तर अचानक ऋतिकले फिल्म छोडिदिएका छन्।

उनले फिल्म किन छाडे भन्ने प्रश्नको अनेक अडकलबाजी भइरहेको बेला सुरुमा ऋतिकको बुवाको कारण उनले फिल्म छाडेको खबर आएपनि उनले कंगनाको कारण फिल्म छाडेको बताइएको छ।

मुख्य कारण के हो भन्ने स्पस्ट नभएपनि ऋतिकले कंगनाको नजिक भएकाहरुबाट टाढा हुन यो फिल्म छाडेको खबर छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.