एक तस्वीरको कारण ऋतिककी दिदीको चर्चा!


बलिउड अभिनेता ऋतिक रोशनकी दिदी सुनैना रोशन अहिले निकै चर्चामा छिन्। उनको चर्चा हालै सार्वजनिक भएको उनको एक तस्वीरको कारणले भएको हो। ऋतिकले दिदि सुनैनाको मोटो र दुब्लो तस्वीर जोडेर पोस्ट गर्दै क्याप्सनमा यसलाई परिवर्तनको सज्ञां दिएका छन्।

तस्वीरमा सुनैना एउटामा निकै मोटी र अर्कोमा निकै पातली देखिएकी छन्। उनको तौलमा धेरै अन्तर देखिएको छ।

ट्वीटरमा तस्वीर पोस्ट गर्दै ऋतिकले दिदिमाथि गर्व भएको बताएका छन्।

सुनैनाले भाई ऋतिक र बुवा राकेशको हरेक काममा साथ दिँदै आएकी छन्। उनी पाठेघरको क्यान्सरको सिकार भएकी थिइन्। तर उनी अहिले स्वस्थ्य भइसकेकी छन्। सुनैनाको दुई विवाह टुटिसकेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.