आत्महत्या रोकथामको समर्थनमा उत्रिए करण र ऋतिक


बलिउडका निर्माता निर्देशक करण जोहर र अभिनेता ऋतिक रोशन विश्व आत्महत्या रोकथाम दिवस (सेप्टेम्बर १० तारिख) को अवसरमा आत्महत्या रोकथामको समर्थनमा उत्रिएका छन्।

शनिबार उनीहरुले एक भिडियो साझा गरेका छन्। जसमा एक व्यक्तिको जीवन बचाउन उसको कुरा सुन्नुपर्ने देखाइएको छ।

ऋतिकले भिडियो सेयर गर्दै लेखेका छन्,‘विश्व आत्महत्या दिवसको अवसरमा कुरा सुन्ने एक कसम खान्छौं र जीवन बचाउनेछौं’।

करणले पनि त्यही भिडियो साझा गर्दै त्यस्तै क्याप्सन लेखेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.