सामाजिक कार्य गर्दा पनि ट्रोलको सिकार भइन् प्रिय‌ंका चोपडा, दिइन् यस्तो जवाफ!


अभिनेत्री प्रियंका चोपडा यसपटक सामाजिक कार्य गरेको विषयमा सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छन्। व्यस्त समयका बाबजुद सामाजिक कार्यमा निकै सक्रिय प्रियंकालाई अहिले सामाजिक सञ्जालमा बच्चाहरुसँग हालिएको पोस्टको कारण ट्रोलको सिकार बनाइएको छ।

उनी पछिल्लो १२ वर्षदेखि युनिसेफसँग जोडिएर समाजिक कार्यमा सक्रिय छिन्। युनिसेफकी गुडविल एम्बेस्डर अहिले जोर्डनको राजधानी अमानमा छिन्। आइतबार उनले जोर्डनको कन्ट्री अफिसमा बच्चाहरुसँग समय बिताएकी थिइन्। उनले त्यहाँको तस्वीर सामाजिक सञ्जाल इन्टाग्राममा सेयर गरेकी थिइन्।

आफ्नो देश छाडेर विदेशका बच्चाको मद्दत गर्न पुगेकी प्रियंकालाई ट्रोलको सिकार हुन परेको छ। जसको जवाफ उनले निकै राम्रोसँग फर्काएकी छन्। रविन्द्र गौतम नामका एक व्यक्तिले ट्वीटरमा प्रियंकालाई भारतको गाउँमा पनि जानुपर्ने जहाँ धेरै बच्चा भोकै छन् भनी सल्लाह दिएका थिए।

प्रियंकाले यस विषयमा ती व्यक्तिको कुराको प्रतिकार गर्दै आफुले १२ वर्षदेखि युनिसेफसँग जोडिएर भारतका धेरै गाँउ गएको बताइन्। उनले ती व्यक्तिलाई तिमीले चैं के गरेको छौ भनी उल्टै प्रतिप्रश्न गरिन्। उनले एक बालकको समस्या अर्को बालकभन्दा कसरी फरक भयो भन्दै ती व्यक्तिो मुख नै बन्द गरेकी छन्।

प्रियंका यो पटक मात्र होइन पटक पटक सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.