संजय दत्तले भनेः सलमान र मेरो कहिल्यै ‘ब्रेकअप’ भएको छैन


बलिउड अभिनेता सलमान खान र संजय दत्तबीच मनमुटावको खबरले बलिउड तातेको थियो। पहिलोपटक अभिनेता संजय दत्त यस विषयमा बोलेका छन्।

उनले आफु र सलमान खानबीच कुनै कुराको मनमुटाव नभएको स्पस्ट पारेका छन्। उनले आफुहरुबीच कहिल्यै कुनै कुरामा विवाद नभएको प्रस्टाउँदै सलनमान आफ्नो भाई भएको बताए।

केही दिन अगाडि जब दुई जना मुकेश अंबानीको गणेश चतुर्थीको पार्टीमा सलमान खान र संजय दत्त अंगालको मार्दै गरेको देखिएपछि उनीहरुबीच मनमुटाव सकिएको अड्कल काटिएको थियो।

संजयले एक अन्तर्वार्ताको क्रममा सलमान र आफुबीचको मनमुटावको हल्ला मिडियाले गर्दा भएको बताए। उनले आफुहरु आफ्नै काममा व्यस्त भएको र यसको गलत अर्थ लगाइएको स्पस्ट पारे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.