शिल्पाको तस्वीर खिच्ने दुई फोटोग्राफरले खाए पिटाइ!


बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको श्रीमान राज कुन्द्राको तस्वीर खिच्ने प्रयास गर्ने २ जना फोटाग्राफरले पिटाइ खाएका छन्। उनीहरुलाई शिल्पा बसेको होटलका बाउन्सरले शिल्पाको तस्वीर खिच्ने क्रममा पिटेका हुन्। जसमा १ जना फोटोग्राफरलाई निकै चोट आएको छ।

फोटोग्राफरले ती बाउन्सर बिरुद्द उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ।

जानकारीका अनुसार घटना बिहिबार राती १ देखि २ बजेभित्रको हो। शिल्पा शेट्टी र राज कुन्द्रा मुम्बइको खार इलाकास्थित बस्तियन होटलबाट बाहिर आएका थिए।

उनीहरुलाई देखेर केही फोटोग्राफरले तस्वीर लिन सुरु गरेका थिए। शिल्पाले पनि आरामसँग होटल बाहिर पोज दिँदै थिइन्। यसैबीच होटलका बाउन्सर बाहिर आए र फोटोग्राफरलाई जान आग्रह गरे। तर फोटोग्राफरले उनीरुको कुरा सुनेनन् र शिल्पाको तस्वीर लिइरहे।

त्यसपछि शिल्पा आफ्नो कारमा भित्र बसिन् र होटलका बाउन्सरले फोटोग्राफरलाई पिट्न सुरु गरे।
एक जनाको कपडै च्यातियो भने मुखबाट रगत आउन सूर भएको स्रोतले जनाएको छ।

यस घटनापछि पिटाइ खाने फोटोग्राफरले प्रहरीलाई खबर गरे र प्रहरीले ती बाउन्सरलाई शुक्रबार पक्राउ गरेका थिए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.