धोनीकी पुर्व प्रेमीकाले भनिन्ः घाउको दागजस्तो भयो हाम्रो सम्बन्ध!


फिल्म ‘जुली २’ को ट्रेलर रिलिज भएसँगै अभिनेत्री राय लक्ष्मीको चर्चा पनि चुलिएको छ। दक्षिण भारतीय फिल्ममा सक्रिय रायलक्ष्मीको यो पहिलो बलिउड फिल्म हो।

उनको फिल्मको ट्रेलरमा देखाइएका दृश्यले उनको उनको लोकप्रियता पनि बढिरहेको छ।

रायलक्ष्मी भारतका क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीकी पुर्व प्रेमीका हुन्। उनलाई आजसम्म पनि धोनीसँग नाम जोडेर कुरा गर्ने गरिन्छ।

उनीहरुको सम्बन्ध ९ वर्ष अगाडीको हो। १ वर्षसम्म उनीहरुको अफयेरको हल्ला चलेको थियो।

तर राय लक्ष्मीले धोनीसँग नाम जोडेर आज पनि कुरा गर्दा निकै नराम्रो लाग्ने बताएकी छन्।

एक अन्तर्वार्तामा उनले धोनीबाहेक अन्यसँग पनि प्रेम सम्बन्ध भएको तर उनीहरुको बारेमा कहिल्यै कुरा नहुने तर ९ वर्ष अगाडीको धोनीसँगको सम्बन्धको चर्चा आजसम्म हुँदा आफुलाई पटक्कै मन नपर्ने बताइन्।

उनले धोनीसँगको सम्बन्ध कुनै घाउको दागजस्तो भएको र आजसम्म पिछा नछोडेको बताइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.