आमाको कारण टुटेको थियो अभिषेक र रानीबीचको प्रेम सम्बन्ध!


बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री रानी मुखर्जीको जोडीलाई दर्शकले निकै रुचाएका थिए। फिल्म ‘बंटी और बबली’ बाट उनीहरुको रिल लाईफको प्रेम रियल लाईफमा परिवर्नत भएको थियो। उनीहरु एक अर्काको प्रेममा परेका थिए।

फिल्म ‘राजाकी आएगी बारात’ बाट आफ्नो फिल्मको करिअर सुरु गरेकी रानीले अभिषेकसँग फिल्म ‘बस इतासा ख्वाब है’ मा काम गरेकी थिइन्। सन् २००४ मा आएको फिल्म ‘युवा’बाट उनीहरु प्रेममा परेका थिए त्यसपछि फिल्म ‘बंटी और बबली’बाट उनीहरुको प्रेमको चर्चा बलिउडमा चुलिएको थियो।

खबरका अनुसार जब अभिषेककी आमा जया बच्चनलाई रानीसँगको प्रेमको बारेमा थाहा भयो, उनले अभिषेकलाई गाली गरिन्। किनकी उनी रानीलाई त्यति मन पराउँदिनथिन्। रानीसँग अभिषेकको विवाह गर्ने इच्छा आमाको कारण त्यागी दिएका थिए।

त्यसपछि उनीहरुको सम्बन्ध टुङिगएको थियो। रानीले एक अन्तर्वार्तामा अभिषेकले आफ्नो विवाहमा नबोलाएकोमा दुख व्यक्त गरेकी थिइन्। सबै स्टारलाई बोलाउँदा अभिषेकले रानीलाई बोलाउन उचित ठानेनन्।

अभिषेकले विश्व सुन्दरी ऐश्वर्या रायसँग सन् २००७ मा विवाह गरे। पछि रानीको विवाह पनि निर्देशक आदित्य चोपडासँग भयो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.