कपिल शर्मा बेंगलुरुमा आयुर्वेदिक उपचार गर्दै


लोकप्रिय कमेडियन कपिल शर्मा हिजोआज निकै चर्चामा छन्। कुनै बेला ‘द कपिल शर्मा शो’ ले निकै नाम कमाएका कपिलको शो अहिले बन्द भएको छ।  उनको खराब स्वास्थ्यको कारण च्यानलले शो बन्द गर्नुपरेको जनाएको थियो।

अहिले कपिलले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा खुलेर बताएका छन्।

एनबीटीलाई दिएको एक अन्तर्वार्तामा कपिलले बेंगलोरमा आयुवेर्दिक उपचार गराइरहेको बताएका छन्। उनले आफुलाई शारीरिक रुपमा तन्दुरुस्तीको खाँचो भएको बताउँदै पुरा स्वस्थ्य भएपछि शो मा फर्किने बताए। उनले सेप्टेम्वरको अन्तिमसम्ममा आफुले ठीक हुने विश्वास लिएको बताए।

उनले आफु सेप्टेम्बरसम्म मुम्बई फर्कने पनि बताए। उनले आफ्नो स्वास्थ्यको बारेमा खराब प्रचार भएको बताउँदै यसअघिका सबै खबरहरु झुठो भएको बताए।

उनले भने,‘म १० वर्षदेखि छुट्टि नलिई काम गरिरहेको छु। चिन्ता, व्लड प्रेसर, शुगर जस्ता समस्या र खानपानलाई सुर्धान मेडिकल सहयोगको आवश्यकता थियो। मैले आफ्नो स्वास्थयलाई पहिला ठीक गर्न केही समय ब्रेक लिन ठीक लाग्यो।’

उनले लामो समयदेखि आफुले आफ्नो स्वास्थ्यमा लापरवाही गरेको भएर अब यसमा ध्यान केन्द्रित गर्न चाहेको बताए।

कपिलले शो बन्द भएपनि फेरी दमदार रुपमा आउने बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.