कपिलको शो बन्द भएको बाहानामा कीकूले पनि छाडे कपिलको साथ!


कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ केही समयको लागि बन्द भएकोबीचमा कमेडीयन कपिल शर्मालाई शो का अर्का साथीले पनि साथ छाडिदिएका छन्।

कपिलका शो का सहयोगी कीकू शारदाले कपिलको शो छाडेर अभिनेता जोनी लिभरको नयाँ शो मा जाने भएका छन्।कीकूले कपिलको शो बन्द भएपछि अर्कोमा जानुपरेको बताए।

नयाँ शो को बारेमा जानकारी दिँदै कीकूले अव जोनि लिभरसँग सब टीभीको लागि काम गर्ने बताए।

कपिलको सुनीलसँग झगडा परेपछि कीकूले कपिलको निकै साथ दिएका थिए। अब किकूले पनि कपिलको साथ छाडेपछि कपिलको शो लाई निकै समस्या पर्ने देखिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.