अविवाहित सुष्मिता सेनकी छोरी भईन् १८ वर्षकी(हेर्नुस तस्वीर)

अविवाहित सुष्मिता सेनकी छोरी भईन् १८ वर्षकी(हेर्नुस तस्वीर)


४१ वर्षीय बलिउड अभिनेत्री सुष्मिता सेनको छोरी रेनी १८ वर्ष भएकी छन्। सोमबार उनको जन्मदिन परिवारसँग धुमधाम मनाइएको थियो। सुष्मिताले जन्मदिनको पार्टीको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्। उनले तस्वीर पोष्ट गर्दै आमा बन्नुको १८ वर्षको सफर निकै सुन्दर भएको लेखेकी छन्।

फिल्मी संसारबाट टाढा सुष्मिता हिजो आज आफ्नो दुई छोरीको साथमा धेरै ठाउँमा देखिने गर्छिन्। रेनी र अलीसाहलाई सुष्मिताले गोद लिएकी थिइन्। उनी अविवाहित हुन्।

सन् १९९४ मा सुष्मिता सेन मिस यूनिभर्सको क्राउन जित्ने पहिलो भारतीय थिइन्। त्यसपछि उनी बलिउडमा फिल्महरुमा सक्रिय हुन थालिन्। तर अहिले उनी फिल्मी संसारबाट टाढा छिन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.