लोकप्रिय सीरियल ‘कुमकुम भाग्य’मा आयो नयाँ ट्वीस्ट, प्रज्ञाको साट्टो मुन्नीसँग अभिको विवाह!


भारतीय च्यानल जी टीभीको सीरियल ‘कुमकुम भाग्य’ सबैभन्दा लोकप्रिय शो हो। यस सीरियलले आजसम्म टीआरपीमा आफुलाई अग्रस्थानमा राखेको छ।

सन् २०१४ मा एकता कपुरले यस कार्यक्रम सुरु गरेकी थिइन्। आजसम्म पनि यो सीरियल टीआरपीमा अगाडी छ। ब्रोडकास्ट अडियन्स रिर्सच काउन्सिल इन्डिया ‘बार्क’को नतिजा अनुसार ‘कुमकुम भाग्य’ रेटिङमा सबैभन्दा अगाडी छ।

सीरियलले कथामा नयाँ मोड ल्याउँदै प्रज्ञाको ठाउँमा मुन्नी देखिएकी छन्।

उता प्रज्ञाको होस खुलेको छ र अभिको यादमा तड्पिएकी छन्। तर अभिले भने मुन्नीलाई नै प्रज्ञा मानेका छन् र मनमनै मन पराउन थालेका छन्।

सीरियलमा नयाँ ट्वीस्ट ल्याउँदै अब मुन्नीसँग अभिको विवाह गर्न थालिएको छ। साथै आलियाको षड्यन्त्रमा मुन्नीले साथ नदिँदा मुन्नी नै प्रज्ञा बन्न थालेकी छन्।

अब कथाले के मोड लिन्छ यो हेर्न दर्शक निकै लालयित छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.