यसकारण ‘बुआ’ले पनि छाडिन् कपिलको शो


‘द कपिल शर्मा शो’ पछिल्लो समय निकै धेरै चर्चामा छ। शो का सहकर्मी सुनील ग्रोवरसँग झगडा भएपछि कपिल शर्मालाई अब शो की बुवा उपासना सिंहले पनि छाडेकी छन्।

उनको शो छाड्ने कदमले कपिलको समस्या अझै बढाउन सक्छ।
मिडिया रिर्पोटका अनुसार उपासना यस शो मा आफ्ने भूमिका देखेर वाक्क भएकी थिइन्। यसकारण उनले शो छाड्ने निर्णय लिएकी थिइन्।

उनले आफ्नो भूमिकालाई केही अगाडी बढाएर नयाँ गर्न खोजेको बताउँदै एकै डायलगले वाक्क भएको बताएकी छन्।

कपिलको शो मा उनले नयाँ भूमिकाको भविष्य नदेखेर छाडेको बताइन्।

उपासनाले अहिले कृष्णाको शो मा काम गरिरहेकी छन्। उनलाई के फेरी कपिलको शो मा फर्किनुहुन्छ भन्ने प्रश्नमा उनले कपिलसँग आफ्नो सम्बन्ध नविग्रिएको र आवश्यक परे फेरी आउन सक्ने बताइन्।

कपिलको शो केही दिनको लागि बन्द भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.