सलमान खानले फ्यानको फोन किन फुटाइदिए?

सलमान खानले फ्यानको फोन किन फुटाइदिए?


बलिउड अभिनेता सलमान खान आफ्नो आगामी फिल्म ‘टाइगर जिंदा है’ को शुटिङमा व्यस्त छन्। हालै उनको यस फिल्मको शुटिङ अष्ट्रिया र अवुधावीमा भएको थियो। यसै बीच एक अवार्ड कार्यक्रममा सलमान खानले आफ्नो एक फ्यानको फोन भुँइमा फालेर फुटाइदिएको खबर आएको छ।

फिल्मफेयरको रिर्पोट अनुसार हालै एक अवार्ड कार्यक्रममा सलमान आफ्नो साथीहरुसँग गफ गर्दै बसेका थिए। त्यही बेला सलमानको फ्यान उनी नजिक आए र आफ्नो नफुट्ने मोवाइल देखाउन थाले।

फ्यानले सलमानलाई यो फोन कुनै पनि हालतमा नफुट्ने बताउँदै एक पटक हेर्न आग्रह गरेका थिए। तर सलमानले फ्यानको कुरालाई ध्यान नदिइकन साथीहरुसँगै गफिन थाले।

सलमानले वास्ता नगरेपनि फ्यानले झन् सलमानलाई आफ्नो फोनको बयान गर्न थालेपछि सलमानले फ्यानको फोन समाते र बल लगाएर भुँइमा पछारिदिए।

तर फ्यानको फोन फुटेन। सलमानले गरेको त्यस्तो व्यवाहारले वरिपरिकाहरुले पनि उनलाई उक्साउन थाले। सलमानले फोन उठाएर २ दिन पटक पछारेपछि मात्र फोन फुट्यो। त्यसपछि सलमानले हाँस्दै भने यही होइन नफुट्ने फोन?

त्यसपछि वरपरका सबै जना हाँस्न थाले अनि ती फ्यान ट्वाल्ल परेर सलमानलाई हेरिरहे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.