काजोलको एक प्रस्ताव अजयले अस्वीकार गरेपछि…


पछिल्लो हप्ता अभिनेता अजय देगवनको फिल्म ‘बादशाहो’ रिलिज भएको थियो। फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरेको छ। फिल्मले रिलिज भएको ३ दिनमै ७० करोड कमाएको थियो। फिल्मको व्यापारले अजय निकै खुसी छन्।

उनले सामाजिक सञ्जामा आफ्नो फ्यानहरुलाई फिल्म मन पराईदिएकोमा धन्यबाद पनि दिएका छन्। उनले फ्यानहरुसँग समाजिक सञ्जालमा लाइभ कुरा पनि गरेका थिए।

जब अजय आफ्नो फ्यानहरुसँग कुरा गर्नमा व्यस्त थिए तब उनको श्रीमती काजोलले पनि ट्वीट गर्दै घर खाना खान कहिले आउने भनेर लेखेकी थिइन्।

उनले काजोलको ट्वीट देख्नेवित्तिकै अहिले म डाइटमा छु भन्ने जवाफ दिएका थिए।

काजोल र अजयको विवाह भएको धेरै वर्ष भइसकेको छ तर उनीहरुको प्रेम आज पनि उस्तै देखिन्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.