लिंग परिवर्तन गरेर महिला बनेकी बलिउड अभिनेत्रीले लगाईन् श्रीमानमाथि घरेलु हिंसाको आरोप!

लिंग परिवर्तन गरेर महिला बनेकी बलिउड अभिनेत्रीले लगाईन् श्रीमानमाथि घरेलु हिंसाको आरोप!


भारतीय रियालीटी शो ‘बिग बोस’को पूर्व प्रतियोगी बबी डार्लिङ अर्थात पाखी शर्माले आफ्नो श्रीमानमाथि घरेलु हिंसाको मुद्दा दायर गरेकी छन्। उनले श्रीमानमाथि अप्राकृतिक यौन सम्बन्धको मुद्दा पनि दर्ता गरेकी छन्। उनले सन् २०१६ मा भोपालका व्यपारी रमणीक शर्मासँग विवाह गरेकी थिइन्।

रिपोर्टका अनुसार बबीले दिल्ली प्रहरीमा आफ्नो श्रीमानविरुद्द घरेलु हिंसाको मुद्दा दर्ता गरेकी छन्। बबीका अनुसार रमणीकले रक्सी खाएर उनीलाई कुटपिट गर्थे र सम्पत्ति पनि हडपेका छन्। उनले रमणीकले सबै सम्पत्ति हडपेको र आफुसँग केही पैशा नभएको पनि बताएकी छन्। उनले श्रीमानले आफुलाई मार्ने धम्की दिएको र परिवारलाई पनि चोट पुर्याउने धक्मी दिएको बताइन्।

तर उता उनको श्रीमानले भने बबीले झुठो बोलेको बताएका छन्। उनले बबीले आफ्नो सम्पत्तिको कागज, सुन र पैशा लिएर भागेको आरोप लगाएका छन्। उनले पनि बबीविरुद्द मुद्दा दायर गरेका छन्। आफुले बबीलाई कहिल्यै नपिटेको र उनको सम्पत्ति नहडपेको बताएका छन्।

बबीले विवाह गर्नुअघि आफ्नो लिंग परिवर्तन गरेकी थिइन्। बबीको नाम लिंग परिवर्तन गर्नुअघि पन्कज शर्मा थियो पछि उनले पाखी शर्मा नाम राखेकी थिइन्।

उनले बलिउडमा फिल्म ‘ताल’बाट आफ्नो करिअरको सुरुवात गरेकी थिइन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.