‘कौन बनेका करोडपति’ होस्ट गरेको कति पारिश्रमिक लिन्छन् अमिताभ बच्चन?


बलिउड सुपरस्टार अमिताभ बच्चनको सबैभन्दा लोकप्रिय रियालिटी शो ‘कौन बनेगा करोडपति’को ९ औं सिजन सुरु भइसकेको छ। ३ वर्षपछि सानोपर्दामा फर्किएका अमिताभ बच्चनले नै यस शो को होस्ट गर्नेछन्।

शो मा अमिताभले भन्ने डायलग र प्रेरणात्मक कविताले शो जहिल्यै पनि रोमाञ्चक हुने गर्छ। तर सायदै कसैलाई थाहा होला एक शो होस्ट गरेको अमिताभले कति पारिश्रमिक लिन्छन् भनेर?

मिडिया रिर्पोट अनुसार बिग बी ले आफ्नो पारिश्रमिक बढाएपछि मात्र यस शो होस्ट गर्न तयार भएका थिए। मिडिया रिर्पोट अनुसार यसअघिका सिजनमा अमिताभले एक शो होस्ट गरेको तीन करोड दुई लाख रुपैयाँ लिने गर्थे।

तर अहिले उनले आफ्नो फिस बढाएका छन्। उनको फिस बढाएर अहिले लगभग ५ करोड रुपैयाँ लिने गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.