कपिलको शो बन्द भएकोमा यी कमेडियन भए निराश!


कयौं महिनादेखि चर्चाको विषय बनेको कपिल शर्माको लोकप्रिय कमेडी शो ‘द कपिल शर्मा शो’ आखिरमा बन्द भएको छ।

कपिलको विग्रदो स्वास्थ्य अवस्थाको कारण शो बन्द गर्नुपरेको च्यानलले जनाएको छ। उनको स्वास्थ्य अवस्था ठिक नहुँदा कयाैँ ठुला बलिउड स्टारहरु शुटिङ नगरि फर्किएका थिए।

कपिलको शो बन्द भएका कारण उनको फ्यानहरु निकै निराश भएका छन्। फ्यानसँगै भारतमा कमेडीको पहिचान दिलाउने कमेडियन सुनील पालले कपिलको शो बन्द भएकोमा निकै दुख व्यक्त गरेका छन्। उनले फेसबुकमा एक भिडियो पोस्ट गर्दै उक्त खबरमाथि दुख पोखेका छन्।

उनले कमेडियन कपिल र सुनीलको सम्बन्ध विग्रिएकोमा पनि दुख व्यक्त गरेका छन्। सुनीलले दुई विनाको कमेडि राम्रो नहुने भन्दै मिलेर काम गर्न सुझाव दिएको बताउँदै अहिले उनीहरुको झगडाको फाइदा अरुले लिएकोमा दुख व्यक्त गरेका छन्।

उनले सुनीलसँग छुट्टीएपछि कामको जिम्मा सबै कपिलमाथि आएकोले उनी विरामी भएको भन्दै सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

अहिले कपिलको शो को ठाउँमा कृष्णाको शो द ड्रामा कम्पनि आउने भएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.