यी बलिउड अभिनेत्रीको मृत्युको खबर सामाजिक सञ्जालमा भाइरल बन्दै, भनिन्- ‘म जिउँदै छु’


टीभी अभिनेत्री दिव्यंका त्रिपाठीको मृत्युको खबर अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। लोकप्रिय टीभी सिरियल ‘ए है मोहब्बते’ की मुख्य पात्र दिव्यंकाको मृत्युको खबरले सामाजिक सञ्जाल भरिएको छ।

यस्तो खबर सुनेपछि उनले आफु जिउँदै भएको भन्दै ट्वीट गर्नुपरेको छ। यसअघि यस्तो हल्लाको सिकार अभिनेता कादर खान, दिलीप कुमार आदि भइसकेका छन्।

दिव्यंकाको मृत्युको खबरले उनको फ्यान निकै दुखी भएका थिए। फ्यानहरुले दिव्यंकालाई फोन र म्यासेज गर्न थालेपछि दिव्यंका पनि हैरान भएकी थिइन्। आखिर उनको मृत्युको हल्ला कसले फैलायो?

दिव्यंकाले आफु सुरक्षित भएको र झुठो हल्लाको पछि नलाग्न सबै शुभचिन्तकमा अनुरोध पनि गरेकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.