किन खाए रणवीरले २४ थप्पड?

किन खाए रणवीरले २४ थप्पड?


सन्जय लिला भन्सालीको प्रोडक्सन ब्यानरमा बनीरहेको फिल्म ‘पद्यमावती’को एक सीनको लागि अभिनेता रणवीर सिंहले अभिनेता रजा मुरादबाट थप्पड खानु परेको छ।

उनले एक सीनको लागि पुरै २४ पटक थप्पड खानु परेको खबर छ।

खासमा फिल्मको एक सीनमा रजाले रणवीरको गालामा एक थप्पड हान्नु पर्ने थियो तर जति गर्दा पनि सीन उत्कृष्ट हुन नसकेपछि रणवीरले लगातार २४ पटक थप्पड खानु परेको हो।

२४ थप्पड खाएपछि रणवीरको गाला रातो भएको थियो। अनि बल्ल सन्जयले टेक अोके गरेका थिए।

रणवीरले यस खबरको खुलासा आफैले ट्वीटर र इन्स्टाग्राममा तस्वीर हालेर गरेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.