कपिलको शो मा लाग्यो ब्रेक, सोनी च्यानलले दियो जानकारी


सोनी इन्टरटेनमेन्ट च्यानलबाट प्रसारित हुने कमेडी शो ‘द कपिल शर्मा शो’ बन्द भएको छ। यसको जानकारी च्यानलले एक विज्ञप्ती जारी गर्दै दिएको छ। च्यानलले सार्वजनिक गरेको विज्ञप्तीमा कपिलको स्वास्थ्य अवस्था ठीक नभएको कारण शो बन्द गर्नुपरेको जनाएको छ।

कपिलको अस्वस्थ्यताको कारण नयाँ एपिसोडको शुटिङ हुन सकिरहेको थिएन र च्यालनसँग अरु बचत एपिसोड पनि नभएको कारण केही समय शो बन्द गर्नुपरेको उल्लेख गरेको छ। च्यानलले कपिलको स्वास्थ्य ठीक नभएसम्म र नयाँ एपिसोडको शुटिङ नभएसम्म शो बन्द गर्ने निर्णय गरेको जनाएको छ। नयाँ शो शुटिङ नभएसम्म च्यानलले उनको पुरानै एपिसोड पुनः प्रसारण गर्नेछ।

अब कपिलले पनि केही समय ब्रेक लिन पाउनेछन्। स्वास्थ्य ठीक भएपछि उनी पुनः कार्यक्रममा फर्कनेछन्। केही दिन अगाडी मात्रै कपिलले सोनी च्यानलसँग शो को लागि १ वर्षको म्याद थप गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.