कपिलको बचाउमा यसो भने अजयले!


भारतीय कमेडीयन कपिल शर्मासँग अभिनेता अजय देगवन रिसाएको खबरको अजय आफैले खण्डन गरेका छन्।
उनले मंगलबार फिल्म ‘बादशाहो’को प्रचारको क्रममा कपिलबारे खबरको खण्डन गरेका हुन्। उनले कपिलसँग आफ्नो कुनै गुनासो नभएको बताए।

फिल्म ‘बादशाहो’ को प्रचारको लागि ‘द कपिल शर्मा शो’ को शुटिङमा कपिल नभेटिएपछि अजय रिसाएर फर्किएको खबरमा अजयले स्पस्टीकरण दिएका हुन्।

खबर अनुसार फिल्म ‘बादशाहोको’ प्रचारको लागि पुरै टिम नै कपिलकोमा पुग्दा भनेको समयमा कपिल उपस्थित नभएपछि उनी रिसाएर गएका थिए।

उनले आफु सेटमा पुग्दा कपिल उपस्थित नहुँदा फर्किएर गएको स्वीकार गर्दै कपिलसँग रिसाएको खबर भने सत्य नभएको बताए।

अजयले कपिल नआउनुको कारण आफुलाई थाहा नभएपनि उनको स्वास्थ्य अवस्था ठीक नभएको भने थाहा भएको बताए। उनले आफुले अब कपिलको शो मा कहिल्यै नआउने कसम जस्ता कुरा केही नखाएको पनि स्पस्ट पारे।

कपिल भने रातभर पार्टी गर्दा विहान छिट्टै काममा जान नसकेको खबर आएका थिए।

तर अजयले कपिलसँग आफ्नो कुनै गुनासो नभएको भन्दै यो सब मिडियाको काम भएको बताए। उनले कपिलसँग पछिपछि पनि काम गर्नुपर्ने भन्दै अब भेट्दा खुसीसाथ भेट्ने बताएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.