बाबा रहिमको कारण समस्यामा फसिन् आलिया!


बलात्कारको मुद्दामा दोषी ठहरिएका बाबा राम रहिमको कारण बलिउड अभिनेत्री आलिया भट्ट समस्यामा परेकी छन्।
उनी मेघना गुलजारको निर्देशनमा बनेको फिल्म ‘राजी’को शुटिङको लागि पटियाला पुगेकी थिइन्।

जब शुक्रबार राम रहिमको विरुद्द फैसला सुनाइयो तब हिंसाको घटना सुरु भयो। त्यस घटनापछि आलियाको शुटिङ नै रद्द भएको भारतीय पत्रिका मिड डेले जनाएको छ।

निर्देशक मेघनाले हिंसाग्रस्त क्षेत्रमा शुटिङ गर्नु उचित नभएको भन्दै शुटिङ नै रद्द गरेका थिए। लामो समय उनीहरु त्यही ठाउँमा फसेका थिए। जसबाट आलिया र उनको टिम निकै समस्यामा फसेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.