कपिलको शो बाट सिद्धुले पाए विदा, सिद्धुको सिटमा अर्चना बस्ने!


भारतीय कमेडियन कपिल शर्माको समस्या हिजोआज बढ्दै गएको छ। यसपटकको समस्या कपिलको शो ‘द कपिल शर्मा शो’ को हट सीटमा बस्ने नवजोत सिंह सिद्धुपाजीको कारण भएको छ। भारतीय सञ्चारमाध्यममा आएको खबर अनुसार कपिल र सिद्धुको बीचमा मनमुटाव भएको छ।

एक एपिसोडको शुटिङमा स्वास्थ्य अवस्था नाजुक भएका कारण सिद्धुपाजी उपस्थित हुन नसेकेको बेला कपिलले सिद्धुको सिटमा अर्चना पुरन सिंहलाई बसाएका थिए। यसकारण कपिलसँग सिद्धुपाजी रिसाएका थिए।

तर अब भारतीय सञ्चारमाध्यममा आएको खबर अनुसार ‘द कपिल शर्माको शो’ मा नवजोत सिंह सिद्धुको ठाउँमा अर्चना पुरन सिंह आउने पक्का भएकी छन्।

खासमा पछिल्लो केही दिनमा नवोजोत सिंह सिद्धुको स्वास्थ्य अवस्थो राम्रो छैन। खराब स्वास्थ्य हुँदाहुँदै शुटिङमा सिद्धु आएपनि उनी शुटिङ गर्न नसकेर फर्किएका थिए। सिद्धुले शुटिङ गर्न नसकेपछि उनको स्वास्थ्य ठीक नभएसम्म कपिलले अर्चनालाई नै हट सिटमा राख्ने निर्णय गरेका छन्।

अब सिद्धु केही समय विदामा बस्नेछन्। यो खबरको पुष्टि अर्चना पुरन सिंहले पनि गरेकी छन्। एक अन्तर्वार्तामा उनले आफु सिद्धुको सिटमा बस्नुपर्ने भएको बताएकी छन्। उनले कपिलले सिद्धुको हट सिटमा बस्न आग्रह गरेपछिल आफुले नाई भन्न नसकेको बताउँदै सिद्धुको सिटमा केही एपिसोडसम्म मात्र बस्ने बताएकी थिइन्। जब सिद्धु सन्चो हुन्छन् तब कुनै पनि बेला उनी आफ्नो सिटमा आएर बस्न सक्नेछन्।

कपिल र अर्चना पुराना मिल्ने साथी हुन्। विभिन्न कारणले लगातार शो को टीआरपी घट्दै जाँदा तनावमा भएका कपिल अब शो लाई पहिलेकै जस्तो अवस्थामा फर्काउन कुनै पनि कुरामा सम्झौता गर्न चाहन्नन्। यसकारण उनले सिद्धुलाई केही दिनको लागि विदा दिए र शो लाई नोक्सान हुन बाट बचाउने प्रयास गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.