‘बिग बोस ११’ को प्रसारण मिति सार्वजनिक, यी सेलिब्रेटी आउने पक्का!

‘बिग बोस ११’ को प्रसारण मिति सार्वजनिक, यी सेलिब्रेटी आउने पक्का!


भारतीय रियालीटी शो ‘बिग बोस ११’ यही वर्षको अक्टोबरमा शुरु हुने भएको छ। यो शो को टेलिकास्ट कलर्स टीभीमा सोमबारदेखि शुक्रबार राती सवा १० देखि सवा ११ सम्म हुने र शनिवार र आइतबार यो शो को प्रशारण राति सवा ९ देखि सवा १० बजेसम्म हुनेछ भारतीय सञ्चारमाध्यम जीन्युज अनलाइनमा उल्लेख छ।

जीन्युज अनलाइनका अनुसार पछिल्लो सिजनमा जस्तै अहिले पनि सेलिब्रेटी र साधरण मानिस सहभागी हुनेछन्। तर यस पटक भने सो को कन्सेप्ट नै बद्लिएको छ।

यसपटक साधारण मानिसलाई शो मा भाग लिन आयोजकले पैशा नदिने भएको खबर छ। ‘बिग बोस’ले आफ्नो टीआरपी बढाउन शो मा निकै ट्वीस्ट ल्याउने तयारीमा छ।

यसपटक शोमा एकै परिवारका दुई सदस्यले भाग लिने छन् र उनीहरु एकअर्काको विरुद्द लड्नेछन्।

यस पटकको शो पनि सलमान खानले नै होस्ट गर्ने पक्का भएको छ। मिडिया रिपोर्टका अनुसार यो पटक शो मा शिल्पा सिन्दे, अभिषेक मलिक, ढिंच्यायक पुजा, पर्ल वी पुरी, सना सइद र हर्ष बेनीवाला सेलिब्रेटीको रुपमा देखिँदैछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.