सलमान खानदेखि कपिल शर्मासम्म यी बलिउड अभिनेताले गरेका थिए ‘हेयर ट्रान्सप्लान्ट’!


बलिउडमा सबैको मन जित्न सधैं राम्रो र ह्ययाण्डसम देखिन अभिनेताहरुले निकै मिहेनत गरिरहन्छन्। तर उमेर ढल्किँदै जाँदा शरिरका अंग र छाउरीपनाले कसैलाई पनि छाड्दैन।

उमेरको कारण सबैभन्दा बढि प्रभावित हुने र सुन्दरतामा ह्यस आउने मुख्य कुरा मानिसको कपाल हो।

कपाल फुल्दै जानु, पातलो हुँदै जानु तथा तालु खुइले बन्नाले धेरै जसो अभिनेताको करिअर नै धरापमा पर्ने गर्छ। त्यसकारण जति उमेर बढ्दै गयो बलिउडका अभिनेता आफ्नो व्यक्तित्व सदावहार राख्न हरेक कुरामा ध्यान राख्छन्।

बलिउडमा त्यस्ता धेरै परिचित कलाकार छन् जसले आफ्नो व्यक्त्तित्व कायम राख्न कपाल नै ट्रान्सप्लान्ट गरेका छन्।

१‍. अक्षय कुमार

यी अभिनेताले आफ्नो उमेर बढ्दै गएपछि कपालको सुन्दरताको लागि ‘हेयर ट्रान्सप्लान्ट’ गरेका छन्। उनले ४० कटेपछि ‘हेयर ट्रान्सप्लान्ट’ गरेको बताइन्छ।

२. कपिल शर्मा

कमेडिन कपिल शर्माको कपाल अहिले निकै बाक्लो र राम्रो देखिन्छ। तर संघर्षको समयमा उनको कपाल निकै पातलो थियो। उनले केही समय अगाडि मात्र हेयर ‘ट्रान्सप्लान्ट’ गरेको खबर छ।

३. सलमान खान

बलिउडका सुपरस्टार सलमान खानले उमेर ढल्किँदै गएपछि कपाल झरेर पातलो हुँदै गएको महसुस भएपछि सन् २००७ मा अमेरिकामा ‘हेयर ट्रान्सप्लान्ट’ गरेको बताइन्छ।

४. अमिताभ बच्चन

बलिउड सुपरस्टार अमिताभ बच्चनले पनि ‘हेयर ट्रान्सप्लान्ट’ गरेका छन्। उनले कौन बनेगा करोडपतिसँगै नयाँ लुक्स दिएर सबैलाई चकित पारेका थिए।

५. संजय दत्त

अभिनेता संजय दत्तले फिल्म अग्निपथपछि  ‘हेयर ट्रान्सप्लान्ट’  गरेको बताइन्छ।

६. गोविन्दा

अभिनेता गोविन्दले लामो समयको ब्रेकपछि नयाँ कपालको लुक्स लिएर आएपछि सबैले उनले  ‘हेयर ट्रान्सप्लान्ट’ गरेको अड्कल काटेका थिए।

७. बिवेक अोवराय

अभिनेता बिवेक अोवरायले खबरका अनुसार आफ्नो पातलो कपाललाई बाक्लो देखाउन  ‘हेयर ट्रान्सप्लान्ट’ गरेका थिए।

८.हिमेश रेशमिया

गायक तथा अभिनेता हिमेश रेशमियाले कपाल झर्न थालेपछि कपाल छोप्न क्यापको सहारा लिएका थिए। उनले  ‘हेयर ट्रान्सप्लान्ट’ नगरुन्जेन क्याप लगाउन कहिल्यै छाडेनन्। उनले पनि  ‘हेयर ट्रान्सप्लान्ट’ गरेर र अहिले बाक्लो र राम्रो कपाल लिएर हिँड्ने गरेका छन्।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.