ज्याक्लिनले यो देशको राजकुमारसँग डेट गरेकी थिइन्!


श्रीलंकाकी सुन्दरी अभिनेत्री ज्याक्लिन फर्नान्डेसको आज ३३ औं जन्मदिन हो। उनी मिस युनिभर्स श्रीलंका पनि हुन्।
ज्याक्लिन फिल्ममा आउनुअघि टीभी रिर्पोटरको काम गर्थिन्। उनले सिड्नी युनिभर्सीटीबाट आमसञ्चारको पढाई गरेकी छन्।
ज्याक्लिनले सन् २००९ बाट बलिउडमा फिल्म ‘अलादिन’बाट डेब्यू गरेकी थिइन्। यसपछि उनले बलिउडमा लगातार हिट फिल्म ‘मर्डर २’, ‘हाउसफुल २’, ‘रेस २’, ‘किक’ जस्ता फिल्ममा काम गरिन्। उनले नृत्यको रियालीटी शो ‘झलक दिखलाजा’मा पनि जजको भूमिका निभाएकी थिइन्।

उनको बुवा श्रीलंकामा संगीतकार हुन्। उनकी आमा एयर होस्टेश हुन्। ज्याक्लिनको बहराइनको युवराज हसन बिन राशिद अली खलीफासँग प्रेम सम्बन्ध थियो। उनीहरुको भेट एक पार्टीमा भएको थियो।

उनलाई फिल्म ‘हाउसफुल’मा काम मिलेपछि यी दुईबीचको सम्बन्ध टुटेको थियो। उनको सम्बन्घ टुट्नुको कारण निर्देशक साजिद खान थिए। यस फिल्मको सुटिङको समय साजिद र ज्याक्लिनबीच प्रेम सम्बन्ध सुरु भएको थियो।

तर उनीहरुको सम्बन्ध पनि धेरै समय टिक्न सकेन।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.