मिस नेपाल निकिताको प्रदीपसँग फिल्म खेल्ने इच्छा!


‘मिस नेपाल २०१७’ निकिता चण्डकले अभिनेता प्रदिप खड्कासँग फिल्म खेल्ने चाहना भएको बताएकी छन्। फिल्म ‘प्रेमगीत २’ हेरेपछि निकिताले प्रेम (प्रदीप खड्का) को अभिनय साह्रै राम्रो लागेको बताउँदै भविष्यमा प्रेमसँग फिल्म खेल्ने इच्छा जताएकी हुन्।

उनी बिहिबार प्रेमगीत २ हेर्न कुमारी हल पुगेकी थिइन्। उनले फिल्म हेरेपछि निकै राम्रो बनेको प्रतिक्रिया दिँदै कुनै दिन प्रदीपसँग फिल्म खेल्ने मौका पाए तयार हुने बताइन्।

फिल्म ‘प्रेमगीत २’ यही साउन १३ गते रिलिज भएको थियो।

अभिनेता प्रदिप खड्का र अष्लेशा ठकुरीद्वारा अभिनित फिल्म ‘प्रेमगीत २’ को निर्माता सन्तोष सेन हुन्। फिल्मको निर्देशन रामशरण पाठकले गरेका छन्।

यो फिल्म ‘प्रेम गीत’को सिक्वेल हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.