कपिलको ‘टेन्सन’ सकियो, यसकारण मख्ख छन्!

कपिलको ‘टेन्सन’ सकियो, यसकारण मख्ख छन्!


टेलिभिजनमा कमेडी कार्यक्रम ‘द कपिल शर्मा’ शो बाट लोकप्रिय भएका कमेडियन कपिल शर्माले आफ्नो फिल्मको रिलिज मिति घोषणा गरेका छन्। अष्ट्रेलियाबाट फर्कदा सहर्मीसँग दुर्व्यवहार गरेपछि शो को टीआरपी लगातार घटेको कारण तनावमा रहेका कपिल अहिले फिल्म ‘फिरंगी’को रिलिज मिति तय भएका कारण मख्ख परेका छन्।

उनले आफ्नो ट्वीटर अकाउण्टबाट फिल्म ‘फिरंगी’को रिलिज मिति सार्वजनिक गरेका छन्। उनका अनुसार फिल्म यही नेभेम्वर १० मा रिलिज हुनेछ। फिल्म ‘फिरंगी’मा कपिलको मुख्य भूमिका छ।

उनले फिल्मको रिलिज मिति सार्वजनिक गर्दा हुँदा खुसी लागेको बताउँदै सबैको मायाको आवश्यकता भएको बताएका छन्। कपिल यस फिल्मको निर्माता पनि हुन्।

यो कपिलको दोस्रो फिल्म हो। उनले यसअघि फिल्म ‘किस किस को प्यार करुँ’ मा काम गरेका थिए।

कपिलको शो को टीअारपी लगातार झरेपछि शो नै बन्द हुने अनुमानबीच  कपिलले शो को कन्ट्र्याक्ट समयाबधि एक वर्ष बढाएका छन्।

सबैतिरबाट निराश भएपछि उनी केही समय मानसिक समस्याबाट गुज्रिएको पनि बताइएको थियो। अब भने कपिलले आफ्नो करिअरमा पिकअप लिएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.