‘गजनी गर्ल’ असिनले किन छाडिन् श्रीमानको घर?


बलिउडमा अभिनेता अभिनेत्रीको ब्रेकअप, विवाह र डिभोर्स हुनु सामान्य जस्तै भएको छ। हालै बलिउड अभिनेत्री ‘गजनी गर्ल’ असिनको विवाहमा ब्रेक लागेको हल्ला बलिउडमा चल्न सुरु भएको छ।

भारतीय सञ्चारमाध्यममा आएको खबर अनुसार असिनको विवाहमा समस्या देखिएको छ। गत वर्षको जनवरीमा असिनले विजनेशम्यान व्वाई फ्रेन्ड राहुल शर्मासँग विवाह गरेकी थिइन्।

राहुल र असिनको भेट अभिनेता अक्षय कुमारको कारण भएको थियो। अक्षयको कारण नै उनीहरु नजिक भएका थिए।उनीहरुले केही समयको डेटिङपछि विवाह गरेका थिए।

विवाहपछि असिनले बलिउडलाई टाटा गरेकी थिइन्। विवाह भएको एक वर्षसम्म उनीहरुको सम्बन्ध सुमधुर भएपनि अहिले उनीहरुको विवाहमा दरार आउन सुरु भएको बताइएको छ।

विवाहपछि असिन श्रीमानसँग दिल्ली बस्न गएकी थिइन्। तर पछिल्लो दिनमा आएको खबर अनुसार असिन श्रीमानसँग दिल्लीमा बसेकी छैनन्। उनी फेरी मुम्बई नै सिफ्ट भएकी छन्।

असिन श्रीमानलाई भेट्न पनि दिल्ली जाने गरेकी छैनन्। आखिर उनीहरुको बिचमा त्यस्तो के भयो की असिनले राहुलको घर नै छाडिन्?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.