कपिलकी गर्लफ्रेन्ड गिन्नीको म्यासेजको जवाफ किन दिएनन् सुनीलले?

कपिलकी गर्लफ्रेन्ड गिन्नीको म्यासेजको जवाफ किन दिएनन् सुनीलले?




भारतका कमेडियन कपिल शर्मा र उनको साथी सुनील ग्रोवरबीचको विवाद सबैसामु छर्लङ्ग छ। कपिलको शो बाट सुनिल आउट भईसकेका छन्।

कपिलको शो पनि साथीहरुसँगको झगडाको कारण लगातार टीआरपी ओरालो लागेको थियो। कपिलले सुनिल ग्रोवरसँग सम्बन्ध सुधार गर्न अनेक प्रयास पनि गरेका थिए। तर अझै उनी सफल भने भएका छैनन्।

सुनीलको जन्मदिन यही अगस्ट ३ मा थियो । यसै अवसरमा कपिलले उनलाई जन्मदिनको शुभकामना ट्वीटरबाट दिएका थिए।

कपिलकी गर्लफ्रेन्ड गिन्नी चतरथले पनि सुनीललाई जन्मदिनको शुभकामना दिएकी थिइन्। उनले सुनीललाई शो मा फर्किएर आउन आग्रह गरेकी थिइन्। गिन्नीले सुनीललाई शो मा निकै मिस गरेको र कपिलको कुरा मान्न आग्रह गरेकी थिइन्। तर सुनीलले उनको ट्वीटमा आजसम्म जवाफ फर्काएका छैनन्। तर सुनीलले अन्य शुभकामना दिने सबैलाई जवाफ दिएका थिए।

गत मार्चमा कपिल आफ्नो साथीहरुसँग मेलबर्नदेखि नयाँ दिल्लीको फ्लाइटमा यात्रा गरिरहेको बेला कपिलले साथीहरुसँग दुर्व्यवहार गरेका थिए। उनले सुनीलमाथि हातपात पनि गरेका थिए। यसपछि उनीहरुबीच लडाइ सुरु भएको थियो र सुनीलले कपिलको शो छाडिदिएका थिए।

कपिलले मिडियाको अगाडी नै माफि मागेपनि अहिलेसम्म कुरा बन्न सकेको छैन।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.