केटा पट्याउने काम केटीको कला होः कंगना रनावत

केटा पट्याउने काम केटीको कला होः कंगना रनावत




बलिउड अभिनेत्री कंगना रनावतको आगामी फिल्म ‘सिमरन’को ट्रेलर सार्वजनिक भएको छ। सधैं जस्तो उनी यो ट्रेलरमा विन्दास अवस्थामा देखिएका छिन्। ट्रेलरमा विन्दास युवतीको भूमिकामा कंगनालाई देख्न सकिन्छ।

उनले बोलेको एक डायलगमा उनले आफुलाई जुवा र चोरीको लत भएको बताएकी छन्। यसैगरि उनले अर्को डायलगमा केटा पट्याउने काम त केटीको कला हो भनेकी छन्। उनले केटा पट्याउने कुरामा कुनै खराबी छैन भन्दै अर्का केटा साथीलाई जवाफ दिएकी छन्।

कंगना प्राय महिलावादी फिल्महरु खेल्न रुचाउँछिन्। यो फिल्मको कथा पनि महिलावादी नै छ। फिल्म पुरै कंगनामा केन्द्रित छ।

फिल्म सिमरनलाई हंसल मेहताले निर्देशन गरेका छन्। उनले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै कंगनाको परिचय दिएका छन्।

फिल्म अमेरिकामा छायांकन भएको हो। सेप्टेम्बर १५ मा फिल्म रिलिज हुनेछ।

हेर्नुस ट्रेलर

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.