स‌ंयम पुरीले हातमा मेहन्दीले आफ्नो नाम लेख्ने फ्यान भेटेपछि!


अभिनेता स‌ंयम पुरीले यतिबेला जीवनकै ठुलो क्रेजी फ्यान भेट्टाएका छन्। फिल्म ग्याङस्टरको प्रचारको लागि मोफसलको यात्रााम रहेका संयमले चितवतको नारायणगढमा उनको सबैभन्दा ठुलो फ्यान भेट्टाएका हुन्।

देवकी राई नाम  गरेकी युवतीले संयमलाई भेट्न उनको नाममा हातमा मेहन्दी लगाएर र प्रेमपत्र लिएर पुगेकी थिइन्।

उनले विगत पाँच वर्षदेखि संयमलाई प्रेम गरेको र उनलाई भेट्न निकै व्यग्र भएको  बताउँदै आफ्नो फेसबुक वालमा तस्वीर सार्वजनिक गरेकी छन्।

देवीकाको प्रतिक्षाको घडी भने सकिएको छ। उनले संयमलाई भेटेर आफ्नो मनको सबै कुरा सेयर गरेकी छन्। संयमलाई भेट्नु आफ्नो जीवनको सबैभन्दा ठुलो अवसर भएको बताउँदै संयमको लागि लेखिएको पत्र र हातको मेहन्दी पनि सेयर गरेकी छन्।

उनले संयमको प्रेम आष्मासँग भएको थाहा पाएर आफुलाई सधैं इश्र्या लाग्ने तर पनि संयमलाई आफुले अपार माया गर्ने बताएकी छन्।

स‌ंयमले पनि देवकीको मन राख्दै उनको राम्रो भविष्यको कामना गरेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.