अनमोलसँग फिल्म खेल्दैमा अभिनेत्रीहरु हिट हुँदैनन्ः अाना शर्मा


फिल्म ‘जेरी’बाट डेब्यु गरेकी अभिनेत्री आना शर्माले अभिनेत्रीहरुले फिल्म क्षेत्रमा सफलता पाउन अभिनेता अनमोल केसीसँगै फिल्म खेल्न नपर्ने बताएकी छन्। एक अन्तर्वार्ताको क्रममा उनले अनमोल स्टार भएपनि त्यो ट्यागले मात्रै सबै अभिनेत्री हिट नहुने बताएकी हुन्।

उनले अनमोलको कारण भन्दा पनि अभिनेत्रीहरुको काम र ट्यालेण्टले सफल हुने बताइन्। उनले फिल्म करिअर लामो भएकाले अनमोलसँग डेब्यु गरेर मात्र जीवनभर कोही पनि अभिनेत्री सफल नहुने र कामको कारण जो पनि सफल हुने बताइन्।

फिल्म ‘जेरी’मा अनमोल केसीसँग जोडी बनेर खेलेपछि आनाको लोकप्रियता बढेको थियो।

‘जेरी’ पछि आना करीब ३ वर्षको अन्तरालमा फिल्म ‘ग्याङस्टर ब्लुज’मा नव–अभिनेता आशिरमान देशराज जोशीसँग देखिएकी छन्।
उनले फिल्म ‘जेरी’ र ‘ग्याङस्टर ब्जुल’मा निकै फरक भूमिकामा देखिएको बताएकी छन्।

‘ग्याङस्टर ब्जुल’ यही भदौ २ गते रिलिजको तयारिमा छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.