छिमेकीले गुनासो गरेपछि आमिर खानलाई पर्‍यो समस्या !


बलिउड सुपरस्टार आमिर खान यतिबेला छिमेकीको कारण समस्यामा परेका छन्। उनलाई विना अनुमति फ्याल्याटको निर्माण कार्य अगाडी बढाएकोे भन्दै छिमेकीले गुनासो गरेपछि उनी समस्यामा परेका हुन्।

आमिर खान पालीहिल स्थित मरीना अपार्टमेन्टमा आफ्नो चार फ्ल्याटको भर्याङ जोड्न चाहन्थे। यसको लागि उनले विएमसीको विल्डिङ प्रस्ताव विभागसँग अनुमति पनि लिएका थिए। यसलगत्तै उनले निर्माण काम सुरु गरेका थिए। तर उनको छिमेकीले यो काम विना अनुमति भएको भन्दै गुनासो गरेपछि आमिरको निर्माण कार्य रोकिएको छ।

सोसाइटीका अध्यक्ष मनोज सप्रुका अनुसार आमरिलाई सोसाइटीको बैठकपछि निर्माण अनुमति दिइएको थियो। बैठकमा १० जना सदस्यमध्ये ९ जनाले अनुमति दिएका थिए। जसले अुनमति दिएका थिएनन् उनले नै गुनासो दर्ता गराएका हुन्।

सोसाइटीका अध्यक्ष सप्रुले आमिरको निर्माण कार्य रोकिएपनि रद्द भने नभएको बताएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.