भारतीय अभिनेता सुनिल शेट्टीद्वारा चन्द्रागिरि केबलकारको भ्रमण


बलिउड अभिनेता सुनील सेट्ठी नेपाल आइपुगेका छन्। अनौपचारिक भ्रमणका लागि नेपाल आएका उनले शुक्रबार चन्द्रागिरि डाँडो भ्रमण गरेका थिए।

सेट्ठीलाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले स्वागत गरेका थिए। घुमघामपछि सेट्ठीले चन्द्रागिरि हिल्सलाई सुन्दर पर्यटकीय गन्तव्य रहेको प्रतिक्रिया दिँदै भ्रमणको व्यवस्था मिलाइदिएकोमा धन्यवादसमेत दिए।

पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट काठमाडौं हेर्दा आकर्षित लागेपछि काठमाडौंमाथि आक्रमण गर्ने सोच बनाएको भनाइ छ। त्यसैले त्यस ठाउँलाई एेतिहासिक महत्वको हिसाबले लिने गरिन्छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.