अनुष्काले यसकारण ‘सारेगमप लिटिल च्याप्स’को शुटिङ छाडिन्

अनुष्काले यसकारण ‘सारेगमप लिटिल च्याप्स’को शुटिङ छाडिन्




बलिउड अभिनेत्री अनुष्का शर्मा जी टीभीको शो ‘सारेगमप लिटिल च्याप्स’को शुटिङ छोड्न परेको छ।
उनले आफ्नो स्वास्थ्य अवस्था खराब भएपछि शोमा जान नसकेको बताएकी छन्।

अनुष्कालाई मंगलबार शो मा आगामी फिल्म ‘जब ह्यारी मेट सेजल’को प्रचारको लागि जानुपर्ने थियो।

उनले ट्वीटरमार्फत शोमा जान नसकेको कारण बताउँदै माफी मागेकी छन्। उनले लेखेकी छन्,‘मलाई माफ गरिदिनुस्, मेरो खराब स्वास्थ्यको कारण लिटिल च्याम्प्समा रमाइलो गर्ने अवसर मिलेन। धेरै माया सबैलाई।’

यसको एकदिन अघि अनुष्का आफ्नो फिल्म टोलीसँग बनारस पुगेकी थिईन्। फिल्म ‘जब ह्यारी मेट सेजल’मा अभिनेता शाहरुख खानसँग अनुष्काको जोडी रहेको छ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.