अभिनेत्री श्रुती हसन प्रेमी कोर्सेललाई परिवारसँग भेटाउने तयारीमा


बलिउड अभिनेत्री श्रुती हसन हिजोआज ब्रिटिस थिएटर आर्टिस्ट माइकल कोर्सेलसँग डेट गरिरहेकी छन्। उनको प्रेमले अहिले बलिउडमा चर्चा पाइरहेको छ। हालै उनी मुम्बई एयरर्पोटमा आफ्नो व्वाइफ्रेन्डलाई लिन पुगेकी थिइन्।

त्यसपछि उनीहरु साथमा विभिन्न कार्यक्रम र ठाउँमा देखिएका छन्।

भारतीय सञ्चारमाध्यम डेक्कन क्रनिकलमा छापिएको खबर अनुसार यो हप्ता श्रुती आफ्नो बुवा कमल हसनसँग व्वाइफ्रेन्डलाई भेटाउने तयारीमा छिन्। खबर अनुसार उनीहरु विवाहको कुरा गर्ने तयारीमा पनि छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.