सलमानको सिफारिसमा बलिउडमा फिल्म पाएकी हैनन् नागिनकी मोनीले!


टीभी सिरियलमा नागिनको भूमिकामा देखिएपछि चर्चामा आएकी अभिनेत्री मोनी राय अब बलिउडमा फिल्मको तयारी गर्दैछिन्। मोनीले अक्षय कुमार लिड भएको फिल्म ‘गोल्ड’मा खेल्ने अवसर पाएकी छिन् ।

मोनीले उक्त फिल्म अभिनेता सलमान खानको सिफारीसमा पाएको हल्ला बलिउडमा चलेको थियो। तर फिल्मको निर्माता रितेश सिभवानीले यो कुरा निराधार हल्ला मात्र भएको बताएका छन्।

उनले मोनीको बचाउमा बोल्दै सलमानको कारण मोनीले अवसर पाएको नभई उनकै ट्यालेण्टले पाएको बताए।

रितेशले अडिशनको क्रममा मोनीले निकै राम्रो गरेको बताउँदै मोनी निकै प्रतिभाशाली भएको बताए।

रितेशले फिल्ममा मोनीको अक्षय कुमारसँग महत्वपुर्ण भूमिका भएको बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.