शाहरुखले अनुष्कालाई बनारसी पान खुवाएपछि !


बलिउड अभिनेता शाहरुख खान यतिबेला फिल्म ‘जब ह्यारी मेट सेजल’को प्रमोशनमा व्यस्त छन्। यसै शिलशिलामा उनी आफ्ना सेजल अर्थात अभिनेत्री अनुष्का शार्मासँग बनारस पुगेका छन्।

फिल्म ‘डन’ मा शाहरुखको ‘खै के पान बनारस वाला’ गीत निकै लोकप्रिय भएको थियो। बनारस पुगेर शाहरुखले पान नखाने कुरै भएन।  सेजललाई ह्यारी अर्थात शाहरुखले एक पान पसलमा पुगेर बनारसी पान खुवाएका छन्।

 . . .

त्यसपछि अनुष्काले पनि शाहरुखलाई पान खुवाइन्।

शाहरुखले निर्देशक इम्तियाज अलिलाई पनि पान खुवाएका थिए।

पसलेका अुनसार शाहरुखले ४ वटा पान खाए र ४ वटा प्याक गरेर लगे। शाहरुखले पान सँगै त्यहाँ भोजपुरी भाषा पनि बोलेका थिए।

पान खाएपनि शाहरुख र अनुष्का अशोक इन्टिच्युटमा पुगे जहाँ उनलाई स्वागत गर्न भोजपुरी स्टार मनोज तिवारी तयारी अवस्थामा थिए। त्यसपछि शाहरुखले अनुष्काको लागि भोजपुरी गीत पनि गाए, उनीहरुले दर्शकलाई भोजपुरी गीतमा खुब नचाए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.