बलिउड स्टार सलमान खानदेखि दीपिकासम्मका रोचक कुरा !


बलिउड सेलिब्रिटीहरु आफ्नो व्यत्तिगत कुराहरु बाहिर ल्याउन मन पराउँदैनन्। तर फ्यानलाई भने जहिल्यै आफ्नो मनपर्ने कलाकारको धेरै भन्दा धेरै कुरा जान्न मन लागिरहेको हुन्छ। स्टारका सबै कुराहरु बाहिर त आउँदैन तर कहिलेकाँही कसैलाई थाहा नभएका र सुन्दा अचम्म लाग्ने स्टारका कुराहरु मिडियामा आउँछन्। यस्ता थुप्रै बलिउड स्टारका रोचक कुरा छन् जुन तपाईलाई थाहा नहुन सक्छ।

शाहरुख खानः

शाहरुख खान संसारका तेस्रो धनी अभिनेता हुन्। ३ सयभन्दा बढि फिल्ममा काम गरिसकेका शाहरुखले २९ पटक उत्कृष्ट नायकको अवार्ड पाइसकेका छन्।

ऋतिक रोशनः

बलिउड नायक ऋतिक रोशनको वास्तविक थर रोशन नभई नागरथ हो।

सलमान खानः

सलमान खान साबुनका शौखिन हुन् । उनको बाथरुममा हातले बनाइएका र हर्बल साबुनको एउटा ठूलो संग्रह छ।

रणबीर सिंहः

रणबीरको वास्तविक नाम रणबीर सिंह भवनानी हो । उनी सोनम कपुरका (कजिन) भाइ हुन्।

आमिर खानः

आमिर खान स्वतन्त्र सेनानी र इस्लामिक फोटोग्राफर अबुल कलाम आजादका पनाती हुन्। उनी भारतका पूर्व राष्ट्रपति डा.जाकिर हुसैनका वंशज र भारतको अल्पसंख्यक कल्याण मन्त्री डा. नजमा हेपतुल्लाका भतिज हुन्।

अमिताभ बच्चनः

अमिताभ बच्चन देब्रे हातले लेख्छन्। तर उनी दुबै हातले सजिलै लेख्न सक्छन्।

रणबीर कपूरः रणवीर कपूर बलिउडमा जमिसकेका छन्। उनको कमाईका स्रोत धेरै छन्। तर पनि रणवीर आज पनि आफ्नी आमासँग १५ सय भारु पाकेट खर्च लिने गर्दछन्।

करिना कपुरः

करिनाले फिल्म ‘हिरोइन’ मा १ सय ३० वटा पहिरन लगाएकी थिइन्। जसलाई संसारभरीका शीर्ष फेशन डिजाइनर्सले बनाएका थिए। बलिउडको यो पहिलो फिल्म हो जसमा एक हिरोइनको कपडामा यति खर्च भएको थियो।

दीपिका पादुकोणः

दीपिकाको नाम बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने नायिकामा पर्छिन्। साथै फोर्ब्सका अनुसार उनी संसारको सबैभन्दा धेरै कमाई गर्ने शीर्ष १० अभिनेत्रीको सूचीमा पर्छिन्। उक्त सूचीमा उनी एकमात्र यस्ती भारतीय नायिका हुन् जसको कमाई २० मिलियन डलर छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.