शाहरुखले दिए छोरी सुहानालाई मिडियाबाट बच्ने टिप्स


बलिउड स्टारका बच्चाहरु प्राय मिडियाबाट टाढै रहन्छन्। स्टारका बच्चाहरुको साना भन्दा साना कुराले पनि मिडियामा धेरै स्थान पाउने गर्छन्। आफ्नो बच्चाहरुलाई मिडियाबाट बच्न पनि स्टारहरुले निकै प्रयास गर्छन्।

बच्चाहरुको पढाई र भविष्यको लागि स्टारहरु मिडियाको नजर र अनावश्यक हल्लाबाट बचाउन उनीहरु हर प्रयास गर्छन्।

बलिउड सुपरस्टार शाहरुख खानले पनि मिडियाबाट बच्न आफ्नो छोरी सुहानालाई टिप्स दिएका छन्।

एक मिडिया रिर्पोट अुनसार फिल्म ‘ट्युवलाइट’को स्क्रीनिङबाट निस्किदा सुहाना मिडियाको अगाडी निकै असहज महसुस गर्दै थिइन्। उनले आफ्नो बुवालाई फोन गरिन् र सल्लाह मागिन्।

शाहरुखले पनि सुहानालाई मिडियाले फोटो खिच्न खोजेको हो भने उनीहरुको काम गर्न सल्लाह दिएका थिए। शाहरुखले मिडियाले फोटो खिचेपछि आरामसँग जान सुहानालाई सुझाव दिएका थिए।

सुहानाले पनि बुवाले भनेको जस्तै गरेको मिडिया रिपोर्टमा जनाइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.